Techie IT
×
गृहपृष्ठसमाचारडोटीमा पहिरोमा पुरिएर गोठालो गएका एक बालक र बालिकाको ज्यान गयो

डोटीमा पहिरोमा पुरिएर गोठालो गएका एक बालक र बालिकाको ज्यान गयो


डोटी । डोटीमा पहिरोमा पुरिएर दुई बालबालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी दानबहादुर मल्लका अनुसार पहिरोमा पुरिएर दिपायल सिलगढी नगरपालिका ५ का सात वर्षीय बालक विनोद भण्डारी र ११ वर्षीया बालिका जेनिसा विष्टको ज्यान गएको हो ।

गाउँ नजिकैको चिसापानी भन्ने ठाउँमा बाख्रा चराउन गएका बेला आज दिउँसो उनीहरूको पहिरोमा पुरिएर ज्यान गएको हो । दिउँसो पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला ओडार माथिबाट पहिरो खस्दा उनीहरू च्यापिएका थिए ।

च्यापिएको खबर थाहा भएपछि नेपाल प्रहरी, स्थानीयवासी पुगेर पहिरो पन्छ्याएर निकाल्दा उनीहरूको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । डोटीमा मनसुन सुरु भएयता पहिरोमा परेर अहिलेसम्म तीन जनाको ज्यान गएको छ ।

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस