Techie IT
×
गृहपृष्ठप्रदेशसङ्खुवासभामा पहिरोले ७ घर बगायो, ११ जना बेपत्ता

सङ्खुवासभामा पहिरोले ७ घर बगायो, ११ जना बेपत्ता


सङ्खुवासभा, २८ असार । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा पहिरो जाँदा ७ घर बगाएको छ । पहिरोले बगाएर ११ जना बेपत्ता परेका छन् ।

अबिरल बर्षापछ गए राती गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय संङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

अहिले विहान घटनास्थल तर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । अहिले पनि भारी बर्षा भईरहेको छ । घटनाको थप बिवरण आउन बाँकी छ । साथै सिलिचोङ गाँउपालिकाका अध्यक्ष रामबहादुर कुलुङले पहिरो गएको स्थान निकै दुर्गम भएको तथा घटनास्थल पुग्न बाटोमा खोलाहरुमा बाढी आएकाले मुश्किल भएको फोन सम्पर्कमा बताए ।


क्याटेगोरी : प्रदेश, प्रदेश १, समाचार
ट्याग : #breaking, #landslide

तपाईको प्रतिक्रिया दिनुहोस