Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशतीन दिनदेखि रोकिएको काठमाडौंको फोहोर उठान सुरु

तीन दिनदेखि रोकिएको काठमाडौंको फोहोर उठान सुरु


काठमाण्डौ – तीन दिनदेखि रोकिएको काठमाण्डौ उपत्यकाको फोहर आजदेखि फेरि व्यवस्थापन गर्न थालिएको छ । निरन्तर पानी परेपछि बाटो भत्किएर फोहर बोकेका गाडी जान समस्या भएपछि तीन दिनदेखि फोहर व्यवस्थापनमा समस्या भएको थियो ।

महानगरपालिकाको वातावरण विभागका अनुसार बाटो पनि बिग्रिएको र सिसडोलमा पनि भरिएकाले समस्या आएको थियो । तत्कालका लागि समस्या समाधान भएको र आज दिउँसोदेखि फोहर व्यवस्थापन गर्न थालिएको विभागले बताएको छ ।

विगत १३ वर्षदेखि फोहर व्यवस्थापन हुँदै आएको सिसडोलमा हरेक वर्ष वर्षाको समयमा बाटो बिग्रिएर नियमित फोहर व्यवस्थापन गर्न समस्या हुँदै आएको छ ।

अहिले उपत्यकाबाट दैनिक झन्डै एक हजार मेट्रिक टन फोहर उत्पादन हुन्छ । त्यसमा महानगरबाट मात्रै पाँच सय मेट्रिक टन फोहर उत्पादन हुने गर्दछ । काठमाण्डौ उपत्यकाका १८ पालिकाबाट दैनिक एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #dirty, #garbade


तपाईको प्रतिक्रिया दिनुहोस