Techie IT
×
गृहपृष्ठसमाचारखुल्यो पाल्पा–बुटवल सडक

खुल्यो पाल्पा–बुटवल सडक


पाल्पा, ३ असार । पहिरो खसेर बन्द भएको पाल्पा–बुटवल सडक सञ्चालनमा आएको छ । गएको मङ्गलवारदेखि बन्द भएको सडक अहिले केहीबेर अघिदेखि सञ्चालनमा आएको हो ।

सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकको दर्जनौँ ठाउँमा पहिरो गएपछि बाटो बन्द भएको थियो । पहिरोले बाटो नै बगाएपछि सञ्चालनमा ल्याउन समस्या भएको थियो ।

बाढी–पहिरोका कारण अहिले देशका विभिन्न राजमार्गमा अवरोध आएको छ । केही राजमार्ग पूर्णरूपमा बन्द छन् भने केही एकतर्फी खुलेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #sadak