Techie IT
×
गृहपृष्ठसमाचारबिहिबार थपिए २६०७ जना कोरोना भाइरस संक्रमित, ३९ को मृत्यु

बिहिबार थपिए २६०७ जना कोरोना भाइरस संक्रमित, ३९ को मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

यस्तै २ हजार १४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार जम्मा १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर पीसीआर परिक्षणबाट कोरोना संक्रमितको हुनेको संख्या ६ लाख १५ हजार ९८४ र एन्टिजेन विधिबाट २४ हजार ५६ पुगेको छ ।

हालसम्म ४ लाख ४५ हजार बढी संक्रमण मुक्त भएका छन् भने मृतकको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #Corona, #hot


तपाईको प्रतिक्रिया दिनुहोस