Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशमेलम्ची बाढी प्रभावितलाई काठमाडौं महानगरले दुई करोड रुपैयाँ सहयोग गर्ने

मेलम्ची बाढी प्रभावितलाई काठमाडौं महानगरले दुई करोड रुपैयाँ सहयोग गर्ने


काठमाडौं, ३ असार । काठमाण्डौ महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ । यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि दिइने मेयर विद्यासुन्दर शाक्यले बताएका छन् ।

मेलम्चीले काठमाण्डौलाई खानेपानी दिएकाले विपद् परेका बेलामा मेलम्चीलाई पनि सहयोग गर्नु आफ्नो कर्तव्य भएको उनले बताए ।

यस्तै काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले पनि बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सहयोग गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको तर्फबाट मेलम्ची र हेलम्बुको विपद् राहत कोषमा १०÷१० लाख रुपैयाँका दरले सहयोग गर्ने नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए ।

यसैबीच काभ्रेको नमोबुद्ध नगरपालिकाले पनि मेलम्ची नगरपालिकालाई तीन लाख तीन हजार तीन सय ३३ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । सहयोग रकम र खाद्यान्नसहित राहत आज मेलम्ची पुगेर हस्तान्तरण गरेको उनले जानकारी दिए ।

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #kathmandu


तपाईको प्रतिक्रिया दिनुहोस