Techie IT
×
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशप्युठानमा बाढीले निर्माणाधिन पुल बगायो

प्युठानमा बाढीले निर्माणाधिन पुल बगायो


प्युठान, ३ असार । झिमरुक नदीमा आएको बाढिका कारण निर्माणाधिन पक्की पुल भत्किएको छ । मुसलधारे वर्षापछि आएको बाढीले प्यूठानको ऐरावती गाउँपालिका –१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका – ७ चिउरेखोला जोड्ने निर्माणाधीन मोटरेवल पक्की पुल भत्काएको हो ।

पुललाई थामेका टेका पानीको बहाबले बगाइदिँदा पुल कमजोर भई भत्किएको सडक डिभिजन कार्यालय प्यूठानका ईन्जीनियर अरुण केसीले जानकारी दिए । उनले भने ’चार दिन अघि ढलान भएको ३५ मिटर पुलको स्ल्याब भाँचिएको छ।’

उनका अनुसार प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुल ढलान गरिएको चार दिन मात्रै भएको थियो । त्यसका १४ दिनपछि बिममा जडित लट्ठा तान्नुपर्ने थियो । संघिय सरकारबाट विनियोजित ७ करोड १२ लाख रुपियाँमा निर्माण सम्झौता भएको डबल स्पानको ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो ।

भदौ महिनासम्म गाडी सञ्चालन गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुल बाढिले भत्काएको इन्जिनियर केसीले बताए। आर्थिक बर्ष २०७४०७५ मा ठेक्का सम्झौता भएको उक्त पुलको सम्झौता अवधि आउँदो असार २८ गते सकिदै थियो। पुल निर्माणपछि आउजाउमा सहज हुने आशा गरेका स्थानीयले यस वर्षामा पनि जोखिम मोल्नुपर्ने भएको छ ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #bridge


तपाईको प्रतिक्रिया दिनुहोस