काकाकुल काठमाडौंवासीको घाँटी भिजाउने मेलम्चीवासी शोकाकुल

काकाकुल काठमाडौंवासीलाई घाँटी भिजाउने मेलम्ची र यस वरपरका जनता यतिवेला शोकमा छन् । पानी अविच्छिन्न परिरहेको छ र जनधनको क्षतिको मात्रा पनि बढिरहेको छ । अहिलेसम्म
सिन्धुपाल्चोकको बाढी र पहिरोमा परी बेपत्ता भएका २० जनाको पहिचान खुलेको छ।
जिल्ला प्रशासनले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीया ज्ञानेन्द्र कक्षपती, हेलम्बु ३ की ५० वर्षीया साइली तामाङ, ६ का ५० वर्षीया च्याङा तामाङ, ४२ वर्षीया काली तामाङ छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका १ का १९ वर्षीय विमल खत्री भन्ने देव खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेशमलाल सार्की, हेमराज घिमिरे पनि वेपत्ता रहेका छन् ।
भारतीय नागरिक कमल लोचन महत्तो, विजय वासुमन्तरी र जिनडाऔ वासुमन्तरी वेपत्ता छन् ।
चिनियाँ नागरिक सन यु चुवान, यु चि झु र गोड टियान छियो बेपता भएका छन् ।
बाढी पहिरोबाट निकै प्रताडित रहेका जनताको उद्दार र सहयोगमा सरकार र काठमाडौंवासीले विशेष पहल गर्नुपर्ने आवाज सर्वत्र उठिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
प्रतिक्रिया