भारतको विकट गाउँ, जहाँ मोबाइल नेटवर्क नेपालको मात्र लाग्छ

नेपालका कतिपय विकट गाउँ छन् जहाँ सञ्चार, यातायातसहित आधारभूत कुरा छिमेकी देश भारत र चीनबाट आश्रित छन् । यो सुन्दा कतिपयलाई आश्चर्य लाग्छ होला, भारतका पनि कतिपय यस्ता गाउँ छन् जहाँ मोबाइलको नेटवर्क नेपालसँग निर्भर रहनुपर्छ । भारतको जयकोट गाउँ, जहाँ मोबाइल नेटवर्क ठीक ढंगले लाग्दैन, जति लाग्छ त्यो पनि नेपालको नेटवर्कमात्र लाग्छ । कोभिड छ छैन भनेर आरटी पीसीआर परीक्षण रिपोर्ट मोबाइलमा पठाउन नेपालको नम्बर रजिस्टर नगरेकाले नपठाउने गरेको गुनासो उनीहरुको छ । यस्तै प्राविधिक कठिनाइ र विकटका कारण उनीहरुले गरेका कोभिडको परीक्षणको तथ्यांक समेत सार्वजनिक नहुने उनीहरुको भनाइ छ ।
विकट र असहाय स्थिति
उच्च हिमालय क्षेत्रमा रहेको पिथौरागढ जिल्लाको जयकोटका जनता धेरै असहाय रहेका छन् । कोभिड १९ को चपेटामा आएको उत्तराखण्डको एक गाउँका निवासी आधारभूत सुविधाहरुबाट समेत बञ्चित छन् । यस गाउँबाट सामुदायिक स्वास्थ्य चौकी पुग्न कमसेकम दुई घण्टा लाग्छ ।
जयकोटमा रहेका रमेश सिंह बराल आफैं कोराना भाइरसबाट संक्रमित छन् । उनी भन्छन गाउँबाट अस्पताल यति टाढा छ कि गम्भीर कोभिड विरामीका लागि घातक सावित हुनसक्छ । यिनी अगाडि भन्छन, एक एम्बुलेन्स गाउँबाट केही टाढा आउन सक्छ । यो दुरी कमसेकम २० किलो मिटर हो । फेरि यसको बन्दोवस्त आफैं गर्नुपर्छ । यदि विरामीलाई आईसीयूको आवश्यकता भएमा यहाँबाट दुई सय ५० किलोमिटर टाढा हल्द्वानीमा पुग्नुपर्छ । यदि कसैलाई अक्सिजनको आवश्यकता परेमा धारचुला जानुपर्छ । त्यहाँ पनि सुविधाको अभाव नै छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया