Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशअधिकांश नदीमा पानीको सतह बढ्दाँ आसपासका गाउँमा त्रास

अधिकांश नदीमा पानीको सतह बढ्दाँ आसपासका गाउँमा त्रास


जनकपुर, २७ असार । अबिरल बर्षासँगै प्रदेश २ का अधिकांश जिल्लाका नदीहरुमा पानीको बहाब बढ्दै गएपछि तटीय क्षेत्रका स्थानीयहरुमा त्रास बबढेको छ ।

प्रदेश २ को प्रमुख नदीहरु सप्तकोशी, बागमति, कमला, लालबकैया, रतुवा लगायतमा पानीको बहाब बढ्दै गएपछि नदी आसपासको क्षेत्रमा त्रास बढेको हो । प्रदेश २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका अधिकांश नदीहरुमा पानीको बहाब बढ्दै गएको छ । जसका कारण नदी आसपासका गाउँहरु जोखिममा परेका छन् ।

धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निरन्तर पानीको बहाब बढ्दै गएपछि धनुषा र सिरहाका स्थानीय प्रशासनले स्थानीयहरुलाई सर्तक रहन बिहानैदेखि माईकिङ गरिरहेका छन् भने सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको जनाएको छ । नदीमा पानीको सतह बढेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट प्रदेशमा हुन सक्ने जोखिमलाई न्युनिकरणका लागि उच्च सर्तकर्ता अपनाउन र तयार रहन तीनै तहका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । रौतहतमा बागमति र जमुनी नदीमा पानीको बहाब बढेको छ । जसका कारण स्थानीयहरु त्रासमा परेको बताएका छन् ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस