Techie IT
×
गृहपृष्ठसमाचारसप्तकोशीमा पानीको बढ्यो, खतराको संकेत रातो बत्ति बालियो

सप्तकोशीमा पानीको बढ्यो, खतराको संकेत रातो बत्ति बालियो


जनकपुर, २७ असार । प्रदेश १ र २ लाई जोडेको सप्तकोशी नदीमा निरन्तर पानीको सतह बढ्दै गएपछि खतराको संकेत रातो बत्ति बालिएको छ भने ३६ वटा ढोका खोलिएको छ ।

अबिरल बर्षासँगै निरन्तर नदीमा पानीको बहाब उच्च भएपछि नदी आसपासको गाउँमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

कोशीमा पानीको बहाव ३ लाख क्युसेक कटिसकेपछि खतराको संकेतको रुपमा लिने गरिन्छ । पानीको बहाव लगातार बढ्दै गएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले ब्यारेजको ५६ वटा ढोकामध्ये ३६ वटा खोलिसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

कोशी नदीमा आउने बाढीका कारण हरेक वर्ष सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका दर्जनौं गाउँ डुबान पर्ने गरेको छ भने यो क्षेत्र वर्षेनी वर्षातयाममा बढी नै प्रभावित हुने गरेको छ । कोशीको पानी गाउँभित्र छिरेपछि हजारौं स्थानीय बाढीको चपेटमा पर्ने गर्छन् भने अधिकांश गाउँवासीको उठिवास हुने गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस