Techie IT
×
गृहपृष्ठसमाचारप्रधानमन्त्रीको सम्बोधनः जनताको जीवन रक्षामा जुट्न आग्रह

प्रधानमन्त्रीको सम्बोधनः जनताको जीवन रक्षामा जुट्न आग्रह


२६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद आन्तरिक मामिला भएको र यसलाई समाधान गर्ने जिम्मेवारी नेताहरुको भएको भन्दै प्रकृतिक विपत्तिमा परेकाहरुको उद्दार तथा राहतमा जुट्न आहृवान गरेका छन् ।

प्रधानमन्त्रीले बाढी पहिरोका कारण झण्डै तीन दर्जन नेपालीहरुको ज्यान गएकोमा गहिरो समबेदना प्रकट गरेका छन् । विपतमा परेर घरवार र जीउधन जोगाउन सरकारले तत्काल उद्धार गर्दै आएको छ । प्रधानमन्त्रीले आफ्नो ध्यान विपत्तिमा रहेको जनाएका छन् । उनले जनप्रतिनिधीहरु सवै मिलेर प्रभावकारी ढंगले उद्धारकार्यमा जुटन आब्हान गरेका छन् ।

शुक्रबार टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री ओलीले बाढी तथा पहिरोका कारण ३१ जनाको ज्यान जानुका साथै ३४ जना हराइरहेको बताए । उनीहरुको उद्दार तथा राहतमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै उनले यसमा जुट्न सबैलाई अपील गरेका छन् ।

साथै कोरोना भाइरसको संकट अझै नहटेको उनले बताए । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना माहामारीको जोखिम बढ्दै गएको उनले बताए । यदि समुदायमा संक्रमण फैलियो भने अवस्था भयावह हुने भन्दै सामाजिक दुरी अपनाउन, मास्क र स्यानिटाइजर प्रयोग विशेष ध्यानाकर्षण गराउन चाहेको बताए ।

सत्तारुढ नेकपाभित्र भइरहेको विवादतर्फ संकेत गर्दै उनले महामारी र प्रकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्न उठ्नु स्वभाविक भएको बताउँदै उनले यस्ता आन्तरिक विमती र समस्याहरुलाई आपसी छलफल र बहसवाट सुल्झाइने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस