Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

प्रधानसेनापतिद्वारा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ


काठमाडौं, २६ असार । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिएका छन् ।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति भएकामा सफल कार्यकालको शुभकामना र बधाइ दिएका हुन्।

भेटघाटका अवसरमा प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक थापा क्षेत्री बीच दुबै संगठन बीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए ।
यसअघि अन्य कामको सिलसिलामा भेटघाट भएपनि नियुक्तिपछिको बधाई भेटघाटभने नयाँ प्रचलन हो । यस अघि यस्तो प्रचलन नरहेको सम्बन्धित अधिकारीहरु बताउँछन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट