धनुषामा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु
धनुषा, २६ असार । गणेशमानचारनाथ नगरपालिका–६ गोदार चौकस्थित ना.३ ख ७०४९ नम्बरको कन्टेनर भ्यानले बिहीबार बिहान ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीया महिलाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने यस सम्बन्धमा थप भइरहेको छ ।
क्याटेगोरी :
समाचार,
मधेस प्रदेश