Techie IT
×
गृहपृष्ठसमाचारकाठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउने कार्य स्थगित

काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउने कार्य स्थगित


काठमाडौं । काठमाडौं महानगरमा सञ्चालन भइरहेको कोरोनाविरुद्धको खोप लगाउने कार्य बीचमै स्थगित भएको छ।

जेठ २५ देखि काठमाडौं महानगरपालिकाका १ देखि ३२ सम्मकै वडाहरुमा चिनियाँ खोप ‘भेरोसेल’ लगाउन थालिएको थियो।

६० देखि ६४ वर्ष उमेर समूहमा लगाउन थालिएको यो चरणको खोप जिल्लालाई छुट्याइएको संख्या पुरा भएको भन्दै महानगरले स्थगित भएको सूचना सार्वजनिक गरेको हो।

अर्को सूचना जारी नभएसम्म जेठ २८ देखि खोप कार्यक्रम स्थगित गरिएको महानगरले जनाएको छ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #corona vaccine

तपाईको प्रतिक्रिया दिनुहोस