Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

कोरोना संक्रमण घट्दो, देशभर ११८ जनामा संक्रमण पुष्टि

उपत्यकामा भने संक्रमण बढ्दो


नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा ११८ मात्र संक्रमित थपिएका छन्। योसँगै संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार क्वारेन्टाइनमा २३ हजार ९ सय १० जना छन् भने पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन्।

उपत्यकामा भने संक्रमण बढ्दोः
अयन्त्र कोरोना संक्रमितको संख्या घट्दै जाँदा काठमाडौं उपत्यकामा भने बढ्दै गएको छ। शुक्रवार उपत्यकामा ४२ जना संक्रमित थपिएका छन्।

हाल आइसोलेसनमा ८ हजार ६०३ जना छन्। बिहीवार १ सय ८ जनामा संक्रमण पुष्टि भएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


ताजा अपडेट