Techie IT
×
गृहपृष्ठप्रदेशप्रदेश ५अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


अर्घाखाँची, २७ जेठ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ तारिकेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

भूमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जीप तारिकेमा दुर्घटना भएको हो । दुर्घटनामा परि भूमिकास्थान ९ का जीप चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमा नै ज्यान गएको स्थानीय माधव घिमिरेले जानकारी दिए । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।

गाडीमा चालक नेपाली मात्रै रहेका स्थानीयले बताएका छन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस