Techie IT
×
गृहपृष्ठसमाचारभ्रम सिर्जना हुनेगरी नबोल्न मोहना अन्सारीलाई चेतावनी

भ्रम सिर्जना हुनेगरी नबोल्न मोहना अन्सारीलाई चेतावनी


काठमाडौं, २६ असार । राष्ट्रिय मानव अधिकार आयोगले भ्रम सिर्जना हुने गरी नबोल्न सदस्य मोहना अन्सारीलाई सचेत गराएको छ।

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसदबाट निष्कासन गरेको सम्बन्धमा अन्सारीले असार २३ गते ट्वीटरमा सो कारबाही खेदजनक रहेको व्यक्त गरेपछि आयोगले उनलाई सचेत गराएको हो।

संविधान, कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई खेदजनक तथा कथित् छानबिन प्रतिवेदन भनी दलको अधिकारलाई निस्तेज पार्ने गरी अन्सारीले सामाजिक सञ्जालमा धारणा व्यक्त गरेकोले सचेत गराइएको आयोगका अध्यक्ष अनूपराज शर्माले उल्लेख गरेका छन्। शर्माले बिहीबार निकालेको आयोगको ध्यानाकर्षण पत्रमा अन्सारीले व्यक्त गरेका भनाइलाई आयोगले अस्वीकार गरेको बताएका छन्।

‘आयोगको असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराइएको हो। तथापी यस किसिमका भनाइ ट्वीटरमा आउनु खेदजनक छ। तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ,’ अध्यक्ष शर्माले भनेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस