Techie IT
×
गृहपृष्ठरोचकओली क्याबिनेटमा श्रीमान्–श्रीमती ओलोपालोे मन्त्री !

ओली क्याबिनेटमा श्रीमान्–श्रीमती ओलोपालोे मन्त्री !


काठमाडौं, २१ जेठ । एमालेबाट मन्त्री बनेका ईश्वर पोख्रेल, प्रेम आले, प्रदीप ज्ञवाली, पद्मा अर्याल, शिवमाया तुम्बाहाम्फे, पार्वत गुरुङ, गणेश ठगुन्ना, भानुभक्त ढकाल र जुली महतो पदमुक्त भएका छन् । जुली महतो र आज उपप्रधान तथा परराष्ट्र मन्त्री बन्नेका रघुवीर महासेठ श्रीमान्–श्रीमती हुन् । यसअघि श्रीमान् महासेठ यातायात मन्त्रीबाट पदमुक्त भएपछि श्रीमती महतो महिला मन्त्री बनेकी थिइन् । अहिले जुली महतो पदमुक्त हुँदा उनका श्रीमान् रघुवीर महासेठ उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री बनेका छन् ।

यस्तै स्वास्थ्य राज्यमन्त्री नवराज रावत, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पनि पदमुक्त भएका छन् ।
नेता महासेठले आफू देशको आवश्यकताअनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री बन्न लागेको बताए । ‘प्रधानमन्त्रीले देशको आवश्यकताअनुसार मलाई नियुक्त गर्ने जानकारी आयो, शपथको तयारी गर्दैछु’, महासेठले भने ।

यस्तै प्रधानमन्त्री ओलीले शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारी दिन लागेका छन् ।


क्याटेगोरी : रोचक, समाचार
ट्याग : #hot, #juli, #raghubir

तपाईको प्रतिक्रिया दिनुहोस