Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशकास्कीमा पहिरोलो घर पुरिंदा ४ जनाको मृत्यु

कास्कीमा पहिरोलो घर पुरिंदा ४ जनाको मृत्यु


कास्की, २६ असार । कास्कीमा दुई ठाउँमा पहिरोले घर पुरिंदा ४ जनाको ज्यान गएको छ । पोखरामा ३ र हेम्जामा १ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका १८ गोठादीमा टंकबहादुर थापाको घर पहिरोले पुरिंदा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । केही सम्पर्कबिहीन भएका प्रहरीले जनाएको छ ।

बिहान ३ बजेतिर पहिरो जाँदा ३ जनाको ज्यान गएको कास्कीका डीएसपी सुबास हमालले जानकारी दिए । उनीहरुको परिचय भने खुलेको छैन । पुरिएको घरमा हिजो जन्मदिन उत्सव भएको र जन्मदिन मनाउनका लागि केही आफन्तहरु पनि आएका स्थानीयले बताएको उनले जानकारी दिए । घर पूर्ण रुपमा पहिरोले पुरिएको छ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । घाइतेलाई पोखराको मणिपाल अस्पताल र पश्चिमाञ्चल अस्पताल लगिएको छ ।

पानी लगातार परिरहेकाले थप अरु घर पनि जोखिममा छन् । यस्तै पोखराकै हेम्जामा रहेको रामचन्द्र अधिकारीको घर पनि पहिरोले पुरिंदा उनकी आमा हिमकलीको ज्यान गएको छ । गएराति ३ बजेतिर नै पहिरो गएको हो ।


क्याटेगोरी : प्रदेश, गण्डकी प्रदेश, समाचार
ट्याग : #breaking, #landslide


तपाईको प्रतिक्रिया दिनुहोस