Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय


काठमाडौं, २५ असार। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटरहरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय गरेका छन्।

भारतीय सरकारी स्वामित्वको दूरसर्शन बाहेकका सबैै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको छ । भारतीय न्यूज च्यानलहरुले नेपालका बारेमा भ्रामक, कपोकल्पीत र अतिरञ्जित सामग्रीहरु प्रचार गरिरहेको सन्दर्भमा पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक सामग्रीहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा प्रशारण रोक लगाइएको हो ।

भारतीय न्युज च्यानलहरुको नेपाल विरोधी गालीगलौजले सीमा नाघेपछि बाध्य भएर वितरकहरुले आफैंले आपत्तिजनक न्युज प्रसारण गर्ने सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरेका हुन्।

डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामूहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेसाथै अव नेपालको बारेमा अर्नगल प्रचार गर्ने न्यूज  भारतीय च्यानल नेपाली टेलिभिजनमा आउँदैन । यद्यपी युटुव लगायत इन्टरनेटबाट प्रशारण हुने भिडियो कन्टेन्टहरु समे बन्द गर्न सञ्चार मन्त्रालयसँग समन्वय गर्नुपर्ने हुन्छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट