Techie IT
×
गृहपृष्ठपर्यटनतीन भारतीयसहित आठ जनाले गरे सगरमाथाको आरोहण

तीन भारतीयसहित आठ जनाले गरे सगरमाथाको आरोहण


काठमाडौं, जेठ १७ गते । तीन जना भारतीय आरोहीसहित आठ जनाले आज विहान सगरमाथाको आरोहण गरेका छन् । एक साताअघि आरोहण क्रममा रहेका उनीहरु खराव मौसमका कारण दोस्रो क्याम्पमा रोकिएका थिए ।

आरोहण गर्नेमा भारतीय आरोही अमित कमार नेगी, निरज चौधरी, सोरङ ताजित छन् भने नेपाली आरोहीमा फुर्वा दोर्ची शेर्पा, फुर्वा शेर्पा, डेण्डी शेर्पा, नुरी शेर्पा र नापी विभागका कर्मचारी युवराज धिताल रहेको आरोहण आयोजक ट्रेकिङ कम्पनी पिक प्रमोसन नेपालका निर्देशक बाबु शेर्पाले जानकारी दिए । यस अघि दुई चरणमा आरोहण सम्पन्न भइसकेको छ । जेठ ९ गते एकै दिन १७७ जनाले सगरमाथाको आरोहण गरेका थिए ।

यस वसन्त मौसमको सगरमाथा हिमाल लगायतका आरोहण अन्तिम चरणमा पुगेको र ९० प्रतिशत आरोहण सम्पन्न भइसकेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएर तयारी अवस्थामा आधार शिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च भएको बताइएको छ ।

आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिङ्गी आरोही छन् । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपियाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।


क्याटेगोरी : पर्यटन, समाचार, प्रदेश १
ट्याग : #sagarmatha

तपाईको प्रतिक्रिया दिनुहोस