Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

‘राज्यले विकासलाई प्राथमिकतामा राखेको छ, शान्ति सुरक्षा अनिवार्य शर्त हो’


काठमाडौं, २५ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नवनियुक्त आइजिपी शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

बिहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्रीले थापाले भने, ‘तपाईंको कार्यकाल शान्ति, सुरक्षा, अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास लिएको छु । मेरो पुर्ण साथ र समर्थन रहन्छ । तपाईंको ट्राक रेकर्डका आधारमा योग्य देखेर यो जिम्मेवारी दिएका हौँ । समायोजन काम टुंगोमा छिटो पुग्नेगरि गर्नुहोस् ।’ गृहमन्त्री थापाले भने, ‘राज्यले विकासलाई प्राथमिकतामा राखेको छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हो , त्यसमा विशेष ध्यान दिनुहोस् ।’

सो अवसरमा गृहसचिव महेश्वर न्यौपानेले पनि बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै टिमवर्कमा काम गर्न निर्देशन दिए ।

आइजिपी थापाले आफु गृहमन्त्रालयप्रति आभारी रहेको भन्दै आफ्नो कार्यकालमा इमान्दारीपुर्वक राज्यले दिएको जिम्मेवारीलाई पुरागर्ने प्रतिवद्धता व्यक्त गरे ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट