Techie IT
  • २०८० चैत्र १५, बिहीबार

प्रहरीका ६ जना राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान


काठमाडौं, वैशाख २० गते। नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने नेपाल प्रहरीका ६ जनालाई सम्मान गरेको छ। बुधबार नेपाल प्रहरीका खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा क्रिकेट खेलाडीलाई सम्मान गरेका छन् । एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली क्रिकेट टिमका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी एवम् करण केसी र गुल्सन झालाई सम्मान गरिएको हो। उनीहरुलाई बधाई दिँदै महानिरीक्षक कुँवरले प्रशंसापत्र तथा नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट