Techie IT
×
गृहपृष्ठबिचारके ओलीको समर्थनमा उत्रिएको भीडसँग कोरोना पनि डराउँछ ?

के ओलीको समर्थनमा उत्रिएको भीडसँग कोरोना पनि डराउँछ ?


काठमाडौं, २५ असार । सत्तारुढ नेकपा भित्र अहिले तीब्र विवाद छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको अहंकारी र स्वेच्छाचारी प्रबृत्तिका बिरुद्ध पार्टी भित्र ठूलो बहस जारी छ । बहुमत सचिवालय सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनु पर्ने बटमलाइनको माग राखेका छन् । यही समस्या समाधानका लागि नेकपा स्थायी कमिटी बैठक पनि डाएिको छ केही दिन बसेको बैठक अहिले स्थगित छ ।

एकातिर देश कोरोना महामारीबाट आतंकित छ । स्वास्थ्यकर्मी, चिकित्सक तथा सरकारले कोरोना संक्रमण समुदायमा फैलिने भन्दै धेरै भिडभाड नगर्न आग्रह गरेका छन् । अत्याधिक २५ जना भन्दा बढि मानिसहरु भेला हुन नपाइने सरकारले नियम जारी गरेको छ । अझै पनि पार्टी प्यालेश, विद्यालय, कलेज, रेष्टुरेन्ट, बार, मल र सार्वजनिक यातायातका साधनहरु संचालन हुन सरकारले रोक लगाएको छ । तर राजधानी लगायत देशका बिभिन्न सहरका सडकमा भने केपी ओलीको पक्षमा दैनिकजसो सयौँको संख्यामा जुलुस प्रदर्शन भइरहेका छन् । ओली सरकार भने पञ्चायती शैलीमा त्यसको मौन समर्थन गर्दै बसेको नेकपाकै नेता कार्यकर्ता र बिपक्षी दलको आरोप छ ।

कोरोना भाइरस महामारीबीच मानिसहरूलाई एकअर्कासँग दूरी कायम राख्न तथा अनिवार्य रूपमा मास्क लगाउन चिकित्सकहरूले बारम्बार सम्झाइरहेको अवस्थामा त्यस्ता प्रदर्शन हुनुले ओलीका समर्थकदेखि कोरोना पनि डाराएको होला भन्ने ब्यंग्य पनि सामाजिक सञ्जालमा ब्यक्त हुन थालेका छन् ।

अझै पनि पार्टी प्यालेश, विद्यालय, कलेज, रेष्टुरेन्ट, बार, मल र सार्वजनिक यातायातका साधनहरु संचालन हुन सरकारले रोक लगाएको छ । तर राजधानी लगायत देशका बिभिन्न सहरका सडकमा भने केपी ओलीको पक्षमा दैनिकजसो सयौँको संख्यामा जुलुस प्रदर्शन भइरहेका छन् । ओली सरकार भने पञ्चायती शैलीमा त्यसको मौन समर्थन गर्दै बसेको नेकपाकै नेता कार्यकर्ता र बिपक्षी दलको आरोप छ ।

हालसम्म भएका प्रदर्शनलाई हेर्दा सहभागीले मास्क लगाएको देखिए पनि उनीहरूबीच दूरी कायम नगरिएको देखिएको छ। गत बिहीवार काठमाडौको माइतीघर मण्डलामा प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गरिएको थियो भने त्यसको भोलिपल्ट भक्तपुरमा युवाहरूले प्रदर्शन गरे।

भक्तपुर प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिने नेकपाका युवा नेता महेश बस्नेतको क्षेत्र हो। कोरोना भाइरस सङ्क्रमणबाट नराम्ररी प्रभावित प्रदेश नं २ का पर्सा र रौतहट जिल्लामा पनि प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शनहरू भएका छन्।

शनिवार पर्साको वीरगन्जमा युवाहरूले प्रदर्शन गरेका थिए भने सोमवार रौतहटमा प्रदर्शन भयो। कैलालीको लम्कीमा मङ्गलवार प्रधानमन्त्री ओली समर्थक र विरोधी पक्षबीच झडप नै हुन पुग्यो। स्थानीय प्रशासनका अनुसार कुनै पनि पक्षले कार्यक्रमका लागि अनुमति लिएका थिएनन्।

सरकारको समर्थनमा त्यस्ता जुलुसहरू निकाल्ने गरिएकाले पनि स्थानीय प्रशासन तथा प्रहरीले आँखा चिम्लने गरेको कतिपयले आरोप लगाउने गरेका छन्। कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै राजनीतिक प्रकृतिका जुलुस वा प्रदर्शनका लागि हाल अनुमति नदिने गरिएको स्थानीय प्रशासनहरू बताउँछन् । भक्तपुरमा निकालिएको जुलुसबारे त्यहाँकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसमक्ष जिज्ञासा राख्दा अनुमतिविनै आयोजना गरिएको उनले बताइन्। “त्यस्तो कार्यक्रमका लागि हामीसँग कुनै खालको अनुमति मागिएको थिएन,” उनले भनिन्।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले स्थानीय प्रशासनसँग अनुमति नलिई वीरगन्जमा प्रदर्शनको आयोजना गरिएको बताए। “प्रशासनलाई कुनै जानकारी नै नदिई जुलुस निकालिएको थियो, जुलुस निकालिएपछि मात्रै हामीलाई थाहा भयो,” उनले थपे। वीरगन्जको प्रदर्शनमा सहभागिता जनाएका आफूलाई प्रधानमन्त्री ओलीका समर्थक बताउने एक युवक अकलेश शाहले एक सय जना जतिले प्रदर्शन गरेको बताए। उनले भने, “प्रदर्शनका क्रममा हामीले सामाजिक दूरी त खासै कायम गर्न त सकेनौँ, तर सबैले मास्क चाहिँ लगाएका थियौँ।”

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता निरजबहादुर शाहीका अनुसार कोरोनाभाइरस महामारीका बेला प्रहरीले मानिसहरूलाई भिडभाड नगर्न सम्झाइबुझाइ गर्ने काम गर्दै आएको छ। “पहिला त हामीले कोभिड १९ लाई लिएर २५ जनाभन्दा बढी व्यक्तिलाई भेला नहुन दिनेतर्फ नै कदम चालिरहेका हुन्छौँ। त्यसबाहेक अब नमानेको खण्डमा स्थानीय प्रशासन ऐन अन्तर्गत सम्बन्धित सुरक्षा निकायले कारबाही बढाउने गर्छन्,” उनले भने।

जनस्वास्थ्यविद् तथा सङ्क्रामक रोग विशेषज्ञहरूले भिडभाडका कारण समुदायमा कोरोनाभाइरस सङ्क्रमण फैलन सक्ने जोखिमलाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन्। नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या १६,००० नाघिसकेको छ।

आममानिसले सावधानी नअपनाए र राज्यले परीक्षणको दायरा अझ नबढाए सङ्क्रमितको सङ्ख्या सम्हाल्न नसक्ने अवस्था आउन सक्नेतर्फ विज्ञहरूले सचेत गराइरहेका छन्। बुधवार मात्रै विश्व स्वास्थ्य सङ्गठनले हावाबाट पनि कोरोनाभाइरस सङ्क्रमण सर्न सक्ने प्रमाण जुट्दै गरेको जनाएको छ।

आममानिसले सावधानी नअपनाए र राज्यले परीक्षणको दायरा अझ नबढाए सङ्क्रमितको सङ्ख्या सम्हाल्न नसक्ने अवस्था आउन सक्नेतर्फ विज्ञहरूले सचेत गराइरहेका छन्। बुधवार मात्रै विश्व स्वास्थ्य सङ्गठनले हावाबाट पनि कोरोनाभाइरस सङ्क्रमण सर्न सक्ने प्रमाण जुट्दै गरेको जनाएको छ।

डब्ल्यूएचओकी वरिष्ठ अधिकारी बेनेडेटा आलेग्रान्ले भिड भाएको स्थान, बन्द कोठा वा हावा ओहोरदोहोर गर्ने अवस्था नभएका ठाउँमा हावाबाट सङ्क्रमण सर्दैन भन्न नसकिने बताएकी हुन्। यो पृष्ठभूमिमा जुलुसको नाममा त्यसरी भिडभाड गर्नु झन् खतरनाक हुन सक्ने भाइरोलोजिस्ट डा. लुना भट्ट शर्मा औँल्याउँछिन्।

“एअरबर्न हो भने छिट्टा पनि पर्नु परेन, एक मिटरको दूरीभन्दा टाढासम्म पनि फैलिन सक्छ। त्यसैले यस्ता खालका गतिविधिको ठूलो प्रभाव पर्न सक्छ र भोलि गएर हामी सबैले चर्को मूल्य चुकाउनुपर्ने हुन्छ।” त्यसरी भिडभाड हुने जुलुसमा सहभागी हुने व्यक्तिबाट परिवारका अन्य सदस्यमा सङ्क्रमणको झन् जोखिम हुने डा. शर्मा बताउँछिन्।

राजनीतिक दल तथा तिनका कार्यकर्ताले कोरोनाभाइरस सङ्क्रमणबारे जनचेतना जगाउनुको सट्टा आफैँ भिडभाड गर्ने गतिविधिमा संलग्न हुनु झन् चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरू बताउँछन्।


क्याटेगोरी : बिचार, समाचार, स्वास्थ्य
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस