Techie IT
×
गृहपृष्ठप्रदेशसिन्धुपाल्चोकमा भीषण पहिरो, दुईको शव फेला, १८ जना बेपत्ता, पक्की पुलसमेत बगायो

सिन्धुपाल्चोकमा भीषण पहिरो, दुईको शव फेला, १८ जना बेपत्ता, पक्की पुलसमेत बगायो


सिन्धुपाल्चोक, २५ असार । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ जम्बु बजारमा गएराति ठूलो पहिरो गएको छ ।

पहिरोमा परेर १८ जना बेपत्ता भएका नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए । दुई जनाको शव समेत फेला परेको छ । २०–२२ वटा घरमध्ये ३–४ वटा बाहेक अरु पहिरोले लगेको पनि शेर्पाले बताए । त्यहाँको पक्की पुलसमेत बगाएको छ । जुरे, बाह्रबिसे लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

बेपत्ताको खोजी र उद्धारको काम भैरहेको नगर प्रमुख शेर्पाले बताए ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #breaking, #landslide


प्रतिक्रिया दिनुहोस