Techie IT
×
गृहपृष्ठसमाचारयोगेशको कदमविरुद्ध विरोधको बाढी

योगेशको कदमविरुद्ध विरोधको बाढी


काठमाडौं । नेकपा एमालेका युवा नेता योगेश भट्टराईले वरिस्ठ नेता माधवकुमार नेपालले चालेको कदममा असहयोग गरेका छन् । उनले आफ्नो फेसबुक सञ्जालमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेका एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले यो निर्णय लिएको हुँ । सही गरें कि गलत गरें इतिहासको कठोर मूल्याङ्कनमा खडा छु ।’

उनले आफ्नो फेसबु स्ट्याटसमा सुझाव लिएका छन् र एक घण्टाभित्र नै तीन हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन् ।

केपी ओली र विद्या भण्डारीले संविधान, संसद भंग गर्ने कदमका विरुद्ध वरिस्ठ नेता माधव नेपाल, झलनाथ खनालसहित २६ जना सांसदले उठाएको झण्डामा योगेश भट्टराई सामेल भएनन् र उनले वामदेव गौतमले जस्तै विना अजेण्डा आफूलाई निरपेक्ष एकताको पक्षमा उभ्याए ।

उनले आफू दोधारमा भएको र के गरौं भन्ने सुझाव मागेकोमा अधिकांशले उनको आलोचना गरेका छन् । हिजो केपीको उग्र समर्थक र उनका विरोधीहरुले बाटो विराएर फर्किएकोमा स्वागत भनेर लेखेका छन् ।

पहिला जनता, देश, अनि पार्टी भन्ने कुरा, सत्य र असत्यको छानविन नगरी केवल निरपेक्ष एमाले र पार्टी एकताको कुरा भनेको राजनीति भनेको परिवर्तन, देश र जनताको निम्तिभन्दा पनि आफ्नो निजी पद, निजी स्वार्थ वा ध्रन्दा भएको भनेर योगेश भट्टराईमाथि धेरै नै असन्तुस्टि र आक्रोस छ ।

योगेशको क्रिया र केही प्रतिनिधिमुलक प्रतिक्रिया पढौं,


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस