सभामुख सापकोटाको आँखाको शल्यक्रिया
काठमाडौं, २४ असा । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ ।
उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा बुधबार दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलिले बिहान शल्यक्रिया गरेको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।
केही समययता उनको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा शल्यक्रिया गरिएको हो ।
उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयमले व्यहोरेको जनाइएको छ । शल्यक्रिया पछि सभामुख सापकोटा निवासमा आराम गरिरहेका छन् ।
सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको चिकित्सकको टोली र सिंगो तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

क्याटेगोरी :
समाचार,
स्वास्थ्य
ट्याग : #hot