Techie IT
×
गृहपृष्ठसमाचारकुटपिट गरी हत्या

कुटपिट गरी हत्या


सर्लाही,२४ असार । रौतहटराजदेवी नगरपालिका(६ सेढवा टोल बस्ने ३५ वर्षीय अशोक राय यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सर्लाही बलरा नगरपालिका–१ छनकी टोल बस्ने ४० वर्षीय बिबेक सिंह लगायत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पैसाको लेनदेनको बिषयमा कुटपिट गर्दा यादवको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र बेस क्याम्प छनकी टोल सर्लाहीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस