Techie IT
×
गृहपृष्ठसमाचारकाठमाडौंमा शेषमति पुलनजिकबाट लुटेरा पक्राउ

काठमाडौंमा शेषमति पुलनजिकबाट लुटेरा पक्राउ


काठमाडौं, २४ असार । काठमाडौं महानगरपालिका(१६ शेषमती पुल नजिक तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने ५० वर्षीयपुरुषको नगद ५ हजार १ सय २५ रुपैयाँ र १ थान स्यामसुङ मोबाइल लुटी भाग्दै गरेको अवस्थामा धाढिङ घर भई काठमाडौं महानगरपालिका कलंकी बस्ने २१ वर्षीय सौरभ क्षेत्री लगायत ३ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

बालाजु माछापोखरीबाट घर जाने क्रममाती पुरुषको साथबाट उक्त नगद तथा मोबाइल लुटी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार