Techie IT
×
गृहपृष्ठसमाचारजवर्जस्ती करणी, ठगी र प्रेस ज्याकेट दुरुपयोग गर्ने जगदीशलाल वैद्यलाई कारवाहीको माग

जवर्जस्ती करणी, ठगी र प्रेस ज्याकेट दुरुपयोग गर्ने जगदीशलाल वैद्यलाई कारवाहीको माग


काठमाडौं, १४ असार । जवर्जस्ती करणी अभियोगमा पक्राउ परेका अन्नपूर्ण पशुपति आश्रमका सञ्चालक जगदीशलाल वैद्यलाई हदैसम्मको कारवाही माग गरिएको छ । अभियुक्त वैद्य र आश्रमबाट पीडितहरुको समूहले काठमार्डौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै वैद्यले यौनहिंसाका साथै धेरै सर्वसाधारणलाई ठगी गरेको भन्दै आजीवन कारवासको माग गरेका छन् । पीडितमध्येका सञ्चारकर्मी राज्यलक्ष्मी शाक्यले पक्राउ परेका वैद्यलाई आजीवन कारावासको सजाय हुनुपर्ने बताइन् । उनले विभिन्न प्रलोभन दिएर ठगी गर्ने गरेको र महिला हिंसा हुने गरेको बताइन् ।

सो आश्रमका पूर्वउपाध्यक्ष समेत रहेका पुरुषोत्तम अर्यालले वैद्यले पहिला आदर्शवादी कुरा गर्ने, आफूसित धेरै धन भएको र समाजसेवाका लागि साथ दिन आग्रह गर्दै ठगी गर्ने गरेको खुलासा गरे । उनको ठगी धन्दा, यौन पिपाशु रहेको थाहा पाएपछि आफूले आश्रम छाडेको बताए ।

सोही आश्रमका पूर्वमहासचिव सुरेश श्रेष्ठले आश्रमको सदस्यता कटाउने, ठगी गर्ने र विभिन्न प्रलोभन दिँदै महिला हिंसा व्यापक रहेको उनले बताए । रोग निको पार्नका लागि स्पर्श थेरापी गर्नुपर्ने र एक्लै पारेर यौन शोषण गर्ने गरेको खुलासा गरे । उनलाई कडा कारवाही हुनुपर्ने उनको माग थियो ।

कार्यक्रममा धेरै पीडितहरुको उपस्थिति थियो । उनीहरुले आफूहरुलाई विभिन्न प्रलोभन पारेर ठगेको बताएका थिए । कतिपय ठाउँमा मन्दिर बनाइदिन्छु भन्दै समेत ठगेको पीडितहरुले बताए ।

ललितपुर प्रहरीले असार २१ गते पक्राउ गरेको वैद्य काठमाडौं प्रहरीको हिरासत छन् । वैद्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वैद्यले लकडाउनका बेला नेपाल पत्रकार महासंघको लोगो दुरुपयोग गर्दै आफुखुरी प्रेस ज्याकेट बनाएर बितरणसमेत गरेका थिए । उनको यो हर्कतको पत्रकार महासंघ काठमाडौं शाखामा ब्यापक बिरोध भएको थियो । उनले शाखाको समन्वय बिना ४० थान ज्याकेट बनाएर प्रेस काउन्सिलका निवर्तमान सदस्य गोविद प्रसाद चौलागाईलाई  बाँडेका थिए । उक्त ज्याकेट लकडाउनका बेला पत्रकार भन्दा पनि गैरपत्रकारको हातमा पुगेको भन्दै ब्यापक आलोचना भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस