Techie IT
×
गृहपृष्ठसमाचारकिन पूर्वाग्रहपूर्ण समाचार ?

किन पूर्वाग्रहपूर्ण समाचार ?


कृषि सामग्री कम्पनी लिमिटेडले अनुभव नै नभएका ठेकेदारहरुलाई मलखाद आपूर्तिका लागि जिम्मा दिएको भनी आएको समाचारको कम्पनीले विरोध गरेको छ ।

कम्पनीले कृषि तथा पशुपञ्छी विकास मन्त्रालयबाट उपलब्ध बजारका आधारमा कम्पनीको विनिमय र सार्वजनिक खरीद ऐन तथा नियमावलीको परिधिभित्र रही अन्तर्राष्ट्रिय बोलपत्रको माध्यमबाट प्रतिस्पर्धाका आधारमा अन्तर्राष्ट्रिय बजारबाट मलखाद गर्दै आएको स्मरण गराएको छ ।

प्रतिस्पर्धाबाट र नियमले शैलुङ इण्टरप्राइजेजले पाएको ठेक्काका बारेमा भएको पूर्वाग्रहपूर्ण प्रचारलाई स्पष्ट पार्दै कृषि सामग्री कम्पनी लिमिटेडले भनेको छ, ‘विभिन्न सञ्चार माध्यममा प्रसारित र प्रकाशित भए जस्तो गरी शैलुङ इण्टरप्राइजेजसँग सिधै सम्भौता गरेको नभई निजले पेश गरेको बोलपत्र सारभूत रुपमा प्रभावग्राही रहेको र न्यूनतम कबोल अंक रहेको कारण छनौट गरिएको हो । उक्त इण्टर प्राइजेजसँग मिति २४ अप्रिल २०२० मा सम्झौता भई मिति १२ मे २०२० मा प्रतितपत्र खोलिएको र सम्झौता अनुसार प्रतितपत्र खुलेको मितिले ७२ दिनभित्र सिपमेण्ट गरी एक सय १७ दिनभित्र मल बुझाइसक्नुपर्ने प्रावधान छ । हाल उक्त इण्टरप्राइजेजको प्रतितपत्र खुलेको ५५ दिनमात्र भएको छ ।’

सम्झौतामा उल्लेख भए अनुसारको शर्त पूरा नभएमा त्यसलाई हर्जाना लगाउने, रद्ध गरिने पनि कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

निकै स्थापित र व्यवसायी भनिएका ठूला लगानीका मिडियाले समेत एकपक्षीय समाचार दिने गरेकोमा पनि लिमिटेडका अधिकारीहरुले असन्तुस्टि व्यक्त गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस