Techie IT
×
गृहपृष्ठसमाचारसुन–चाँदी पसलबाट गहना चोर्ने पक्राउ

सुन–चाँदी पसलबाट गहना चोर्ने पक्राउ


काठमाडौं, २३ असार ।  काठमाडौं उपत्यकाभित्र भएका बिभिन्न सुन–चाँदी पसलहरुको सटर फोडी सुन तथा चाँदीका विभिन्न गरगहना र नगद चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका–२ घर भएका ३७ वर्षीय सुमित भन्ने गंगा बहादुर तामाङ, महोत्तरी बर्दिबास नगरपालिका९४ घर भएका ४५ वर्षीय बुद्ध बहादुर माझी र उदयपुर रामपुर गाउँपालिका ३ घर भएका ४९ बर्षीय बिक्रम भन्ने जङ्ग बहादुर माझी रहेका छन् ।
२०७६ फागुन १८ गते राति काठमाडौं महानगरपालिका९२ लाजिम्पाटस्थित दिलिप कुमार श्रेष्ठको पबि ज्वेलर्समा रहेका १ किलो १ सय ५० ग्राम बराबरको सुनका गहना, ८ किलो ५ सय ६० ग्राम बराबरको चाँदीका गहना र नगद समेत गरी ८५ लाख ८५ हजार ६ सय ४२ रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो । उक्त घटनाको अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले आइतबार मोरङ उर्लाबारीबाट गंगा बहादुर र बुद्ध बहादुरलाई तथा काठमाडौं दरबारमार्गबाट जङ्गबहादुरलाई पक्राउ गरेको हो ।

विगत केही समयदेखि रातको समयमा काठमाडौं उपत्यकाभित्र भएका बिभिन्न सुन९चाँदी पसलहरुको सटर फोडी चोरी गर्ने व्यक्तिहरुको खोजी गर्ने क्रममा कागज बोतल उठाउने व्यक्तिको हुलिया बनाई साईकल लिई बिभिन्न सुनचाँदी पसलहरुको हप्ता दिनसम्म रेकि गरी बिशेषतस् रातको समयमा धेरै मानिसहरुको चहलपहल नहुने स्थानमा रहेको सुनचाँदी पसलको सटर फोडी चोरी गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

चोरी पश्चात घटनास्थल पसलभित्र रहेको सीसीटीभीको डीभीआर समेत प्रतिबादीहरुले बोकी लगेको, दुईवटा समूहले जेलमा बस्दा चिनजानको आधारमा छुटे पश्चात पुनस् भेला जम्मा भई जेल छुट भएको एक महिना नबित्दै नाईकेहरुले आफ्नो म्यादीहरुलाई बोलाई अब अन्तिम पटक ठुलो काम गर्ने भन्दै घटना घटाएको, चोरी कार्य छोडी डण्डी फर्मा, लेबर काममा लागेका, सुध्रिएर बसेका आफ्ना पुराना म्यादीहरुलाई कन्भिन्स गरी पुनस् चोरी कार्यमा लगाई कम पैसामा काम लगाएको, चोरी गर्ने चोरहरुको उमेर समूह ५०र५५ बर्षको पुराना चोरहरुले २०र२१ बर्षको चोरलाई समेत प्रयोग गरेको र चोरी गरेका सामानहरु मुख्य नाईके भारतीय मुलका एकजना चोरले बेचबिखन गरी फरार भएका हुन् ।
घटनामा संलग्न रहेका अभियुक्तहरुमध्ये एकजना २०७६ चैत ९ गते चोरी कार्यमा पक्राउ परी केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको र दुईजना भारतीयको खोजी कार्य भईरहेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस