Techie IT
×
गृहपृष्ठसमाचारनेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त


काठमाडौं, २३ असार । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षत्री नियुक्त भएका छन् । क्षत्रीलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आईजीपीमा नियुक्त गरेको हो । क्षत्री नेपाल प्रहरीका २८औँ आईजीपी हुन् ।

हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे प्रहरी सेवाका आधारमा २४ असारबाट अनिवार्य अवकाश पाउने भएपछि उनलाई सरकारले आईजीपी पदमा नियुक्त गरेको हो ।

१९ वैशाख २०४९ सालमा प्रहरी निरीक्षक (इक्सपेक्टर) बाट सेवा सुरु गरेका क्षत्रीको कार्यकाल १८ वैशाख २०७९ सम्म हुनेछ । उनीसँगै आईजीपीको प्रतिस्पर्धामा रहेका अर्का एआईजी हरिबहादुर पाल रहे पनि सरकारले क्षत्रीलाई नियुक्त गरेको हो ।

ज्ञवाली २७औं आईजीपीका रूपमा तत्कालीन आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि गत २८ माघमा आईजीपीमा नियुक्त भएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस