Techie IT
×
गृहपृष्ठसमाचारथप २०४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार १६८

थप २०४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार १६८

काठमाडौं उपत्यकामा संक्रमण बढ्यो, कहाँ कहाँ थपिए संक्रमित ?


काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा नेपालमा २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उक्त अवधिमा ६ हजार १३३ जनाको नमुना परीक्षण गरिएकोमा ३८ जिल्लाका २०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।

काठमाडौं उपत्यकामा संक्रमण बढ्योः

काठमाडौं बाहिरका जिल्लाहरुमा कोरोना संक्रमित घटिरहँदा पछिल्लो काठमाडौं उपत्यकाको संक्रमण दर भने बढ्दो देखिएको छ । लकडाउन खुकुलो बनाउँदा काठमाडौं वाहिरका काठमाडौ भित्रनुका साथै विदेशवाट आएकाहरुको समेत परीक्षण हुँदा काठमाडौं उपत्याकामा कोरोना पोजेटिभ केश ह्वात्तै बढेको हो ।

काठमाडौं उपत्यकामा मंगलबारसम्म २ सय ६७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यीमध्ये ७९ जना विदेशबाट उद्धार उडानमार्फत् आएको हुन् ।

उपत्यकामा संक्रमण बढ्दै गएको भए पनि यो समुदायस्तरमा नगएको सरकारको दावी छ । उपत्यकाको कुल संक्रमितमध्ये ९७ प्रतिशत आयातित केस रहेको र तीन प्रतिशत मात्र ट्राभल हिस्ट्री नभएको संक्रमित रहेका छन् । ति संक्रमितहरूमध्ये ९९ प्रतिशतमा लक्षण देखिएको छैन ।

कहाँ कहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाजुरामा ५४ जना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंमा १४ जना, अछाम र बैतडीमा ११र११ जना, ललितपुरमा १०, महोत्तरीमा ९, धनुषा र अर्घाखाँचीका ८, डोटीका ७, मोरङ र डडेलधुराका ६र६ जनामा संक्रमण पुष्टि भएको छ ।

रुकुम पश्चिम, नवलपुर र सल्यानका ५र५ जना, सप्तरीका ४ जना, सुनसरी, गोरखा, मकवानपुर, दाङ, सुर्खेत, र सर्लाहीका ३र३ जना, तनहुँ, पाल्पा र बर्दियाका २र२ जना, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, भक्तपुर, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, बागलुङ, कविलवस्तु, नपलपरासी र रुकुम पूर्वका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार अहिले महोत्तरी, रौतहट, पाल्पा, अछाम, वैतडी र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार