रौतहटमा भरुवा बन्दुक बरामद
रौतहट,२३ असार । चन्द्रपुरनगरपालिका–२ मलनिया सामुदायिक बन क्षेत्रबाट १ नाल भरुवा बन्दुक सोमबार राति बरामद भएको छ । अस्थाई प्रहरी पोष्ट जुडिबेलाबाटखटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा सो वननजिकै खेतमा रहेको परालको कुन्युमा शंकास्पद अवस्थामा बसिरहेका ३र४ जनाव्यक्तिहरु प्रहरीलाई देख्नासाथ भागेर फरार भएपछि परालको थुप्रोभित्र शंका लागि जाँचगर्ने क्रममा उक्त भरुवाबन्दुक फेला परेको हो ।
फरार व्यक्तिहरुकोप्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी :
समाचार