गृहपृष्ठ ∕
समाचार ∕
गंगालाल अस्पतालका विरामीमा कोरोना पुष्टि, आकस्मिक बाहेकका सेवा स्थगित गंगालाल अस्पतालका विरामीमा कोरोना पुष्टि, आकस्मिक बाहेकका सेवा स्थगित
काठमाडौं । गंगालाल अस्पतालमा भर्ना भएका सात जना बिरामीमा कोरोना पुष्टि भएपछि शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सेवाहरु बन्द गरेको छ।
केन्द्रले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको जनाउँदै बिरामीमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाउन सेवा बन्द गरेको जनाएको हो ।
गंगालाल अस्पतालले कति बिरामीमा कोरोना पुष्टि भएको भनेर नखुलाएपनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुसार सात जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ।

क्याटेगोरी :
समाचार
ट्याग : #Corona,
#hot