पूर्व सभामुख तारानाथ रानाभाटलाई मातृशोक
काठमाडौं, ३२ असार । पूर्वसभामुख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटलाई मातृशोक परेको छ।
माता खिमकुमारी रानाभाटको मंगलबार बिहान पोखरा– २६ मा रहेको आफ्नै निवासमा निधन भएको उनका छोरा तथा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले जानकारी दिए।
खिमकुमारी लामो समयदेखि अस्वस्थ थिइन्। उनी १९७७ असोज महिनाको विजयादशमीका दिन जन्मेकी थिइन् ।
पतिदेखि छोराहरुसमेत पटक–पकट जेल पर्दा उनले नै परिवार सम्हालेकी थिइन्। उनका तारानाथ रानाभाट, खिलेन्द्र रानाभाट, देवेन्द्र रानाभाट र सुरेन्द्र रानाभाटसहित दुई छोरी खिमादेवी रानाभाट र शोभाकुमारी रहेका छन्। स्वर्गीय रानाभाटको मंगबार दिउसो २ः३० बजे निवासबाट शवयात्रासहित पोखराको रामघाटमा अत्येष्टि गरिँदैछ।
क्याटेगोरी :
समाचार,
गण्डकी प्रदेश