Techie IT
×
गृहपृष्ठप्रदेशमकवानपुरको मनहरीमा कारको ठक्करबाट एकजनाको मृत्यु

मकवानपुरको मनहरीमा कारको ठक्करबाट एकजनाको मृत्यु


मकवानपुर, २३ असार । मकवानपुरको मनहरी–७ बिजौनामा कारको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत मनहरी बिजौनामा कारको ठक्करबाट ५० वर्षीय पुरुषको ज्यान गएको हो । ज्यान गुमाउनेको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । ।

कारको ठक्करबाट घाइते भएका पुरुषको उपचारका क्रममा चुरेहिल हस्पिटल हेटौंडामा ज्यान गएको हो । ठक्कर दिने बा २१ च ६६४२ नम्बरको कार चालकलाई पक्राउ गरिएको पनि रानाले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस