Techie IT
×
गृहपृष्ठपर्यटननेपाल एयरलायन्सका सात जना उडान कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

नेपाल एयरलायन्सका सात जना उडान कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौँ, २२ असार । नेपाल वायुसेवा निगमका सात जना उडान कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । निगमका अपरेशन विभाग प्रमुख दीपु ज्वारचनका अनुसार १४ जनाको स्वाब परीक्षणा गरिएकोमा सात जनाको परीक्षण रिपोर्ट आएको र सात जनाको आउन बाँकी छ । उनले उद्धार उडानका क्रममा सङ्क्रमण भएको सक्ने बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल वायु सेवा निगमका चालक दलका केही सदस्यमा कोरोना पोजिटिभ देखिएकोमा दुःख लागेको उनको आधिकारिक ट्विटरमा उल्लेख छ ।

उनले लेखेका छन्, ‘नेपाल सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल वायुसेवा निगमका चालक दलका केही सदस्यमा कोरोना पोजिटिभ देखिएकोमा दुख लागेको छ । सङ्कटकालीन अवस्थामा उहाँहरूले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु । उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #Corona


तपाईको प्रतिक्रिया दिनुहोस