थप १८० जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित

काठमाडौं, २२ असार । सोमबार थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।
पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ भने संक्रमित कुन ठाउँका बासिन्दा हुन् भन्ने नखुलाइएबाट काठमाडौंबासी थप त्रसित भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
प्रतिक्रिया