Techie IT
×
गृहपृष्ठप्रदेश‘माल’ पाएर पनि ‘चाल’ नपाएपछि बेवारिसे बन्यो विद्यालय

‘माल’ पाएर पनि ‘चाल’ नपाएपछि बेवारिसे बन्यो विद्यालय


सिन्धुली । विद्यालय तहमा अध्ययनरत विद्यार्थीले बादबिवाद प्रतियोगितामा भाग लिँदा अझै पनि ‘तरबार भन्दा कलम बलियो’, ‘विद्या नैं धन हो’ जस्ता शिक्षासँग सम्बन्धित शिर्षक छनोट गरी आफ्ना बेजोड तर्क घम्साघम्सी रुपमा पेस गर्छन् । हाम्रो समाजमा अझै पनि कुनै विद्यालयको बार्षिकोत्सव, स्थानीय, प्रदेश र केन्द्र तहका सरकारले आयोजना गर्ने बिभिन्न समारोहमा शिक्षासेवीलाई खोजी खोजी सम्मान गर्ने चलन पनि छँदैछ ।

अझ विद्यालयलाई ‘ज्ञानको मन्दिर’ र शिक्षकलाई ‘गुरु’ तथा ‘मार्गदर्शक’का रुपमा पुकार्दै गुरु पूर्णिमा र सरस्वती पूजामा भव्यताकासाथ पूजाआजा गर्ने चलन अझै पनि हाम्रो पूर्वीय संस्कार र संस्कृतीमा कायम नै छ ।

कमलामाई नगरपालिका वडा नम्बर ३ को स्थानीय सरकारले सडकको वातावरणिय तथा भौगोलिक अवस्थाको बारेमा बिस्तृत इन्जिनियरिङ अध्ययन तथा अनुसन्धान नगरी आफुखुरी डोजर चलाएर विद्यालय भवन नजिकैबाट सडक खनेपछि तीनवटा भवनहरुलाई कतिबेला बर्षाको भेलले भत्काउने हो त्यसबारे स्थानीयबासिको चिन्ता छ ।

तर ‘माल’ पाएर पनि ‘चाल’ नपाएको अवस्थामा बेवारिसे बनिरहेको छ बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लाको तत्कालिन जलकन्या गाविस वडा नं २ चपौली, तारुफेदीमा अवस्थित श्री प्राथमिक विद्यालय । संघीयता कार्यान्वयनपछि हालको कमलामाई नगरपालिका वडा नम्बर ३ को नयाँ ठेगाना पाएको यो विद्यालयमा अहिले एकजना पनि विद्यार्थी छैनन् । न त शिक्षक नै छन् । विसं २०४३ मा स्थापना भएको यो प्राथमिक तहको विद्यालय भवन यतिबेला बेवारिसे अवस्थामा छ । यो भवन शवगहृमा राखिएको शव जस्तै मृतअवस्थामा छ ।

‘यो विद्यालयका ३ वटा पक्की भवनमा बिगत दुई वर्षदेखि डेस्क, बेन्च, दराज, टेबुल, कुर्सी र कालोपाटी मात्र पढेर बसेका छन्’ विद्यालय किन बन्द भयो ? भन्ने प्रश्नमा स्थानीयबासी मनोजप्रसाद अधिकारीले यस्तो ब्यंग्यात्मक उत्तर दिए । उनका अनुसार यो विद्यालय बन्द हुनुभन्दा करिव ५र६ वर्ष अघि यहाँ विद्यार्थी संख्या एकदमै थोरै थियो । उनले भने, ‘हुनेखाने सबैले आफ्ना छोराछोरी सदरमुकाम सिन्धुलीमाढीका नीजि तथा आवासीय बोर्डिङ स्कूलमा पढाउन लगे । विद्यार्थी नभएकै कारण यो विद्यालय समायोजनमा परेको हो ।’ यो बिद्यालय अर्को बिद्यालयमा गाभिएकोलाई उनले समायोजन भनेका हुन । उनले रिस र आक्रोश एकैपटक पोखे,–‘घर आँगनको स्कूल गाउँलेकै कारण बन्द भयो, माल पाएर चाल नपाएको भनेकै यही हो, मैले छोरीलाई स्कूल भर्ना गर्ने बेला भयो, सदरमुकाममा डेरा गरेर राख्न आर्थिक स्थिति राम्रो छैन, गाउँको विद्यालय पनि टाठाबाठा भनाउँदाले नै बन्द गरे ।’

‘घर आँगनको स्कूल गाउँलेकै कारण बन्द भयो, माल पाएर चाल नपाएको भनेकै यही हो, मैले छोरीलाई स्कूल भर्ना गर्ने बेला भयो, सदरमुकाममा डेरा गरेर राख्न आर्थिक स्थिति राम्रो छैन, गाउँको विद्यालय पनि टाठाबाठा भनाउँदाले नै बन्द गरे ।’

केही स्थानीयले वर्षा याममा मकैका ढोड समेत यहीँ ल्याएर राख्दा विद्यालय भवनको गारो मुसाले खोलेको छ भने गत २०७२ सालको भूकम्पमा परी भवन पनि जर्जर भएको छ । छानो चुहिने अवस्थामा पुगेको छ भने विद्यालय भवनमा जिल्ला प्राविधिकले ‘असुरक्षित’ स्टिकर टाँसिदिएका छन् । कमलामाई नगरपालिका वडा नम्बर ३ को स्थानीय सरकारले सडकको वातावरणिय तथा भौगोलिक अवस्थाको बारेमा बिस्तृत इन्जिनियरिङ अध्ययन तथा अनुसन्धान नगरी आफुखुरी डोजर चलाएर विद्यालय भवन नजिकैबाट सडक खनेपछि तीनवटा भवनहरुलाई कतिबेला बर्षाको भेलले भत्काउने हो त्यसबारे स्थानीयबासिको चिन्ता छ ।

यो विद्यालयमा करिव ६ वर्षसम्म तीनजना स्थायी शिक्षकको दरबन्दी,एक बालकोटा शिक्षिका र एक सहयोगी गरी पाँच जना कर्मचारीसहित संचालित थियो । तर विद्यार्थी संख्या भने कहिले पाँच जना, कहिले दुई जना मात्र हुन्थे । धेरै वर्षसम्म त जिल्ला शिक्षा कार्यालयको आँखामा यो विद्यालय परेकै थिएन । तर केही स्थानीय र राष्ट्रिय स्तरका संचारमाध्यममा ‘विद्यार्थी भन्दा शिक्षक धेरै’ भन्दै निरन्तर समाचार प्रकाशनरप्रसारण हुन थालेपछि विद्यालय समायोजन भएको स्थानीयबासिले बताए । स्थानीयका अनुसार विद्यालय पूर्ण रुपमा बन्द भएको हाल ३ वर्ष पुरा भएको छ ।

विद्यालय बन्द भएपछि यहाँको लाखौँका भौतिक संरचना भने यतिबेला बेवारिसे अवस्थामा छन् । कक्षा कोठा भित्र ताला लगाएर राखिएका डेस्क, बेन्च, टेबुल, कुर्सी, दराज लगायतका सामाग्री धमिरा लागेर काम नलाग्ने अवस्थामा पुग्न थालेका छन् । केही स्थानीयले वर्षा याममा मकैका ढोड समेत यहीँ ल्याएर राख्दा विद्यालय भवनको गारो मुसाले खोलेको छ भने गत २०७२ सालको भूकम्पमा परी भवन पनि जर्जर भएको छ । छानो चुहिने अवस्थामा पुगेको छ भने विद्यालय भवनमा जिल्ला प्राविधिकले ‘असुरक्षित’ स्टिकर टाँसिदिएका छन् ।

कमलामाई नगरपालिका वडा नम्बर ३ को स्थानीय सरकारले सडकको वातावरणिय तथा भौगोलिक अवस्थाको बारेमा बिस्तृत इन्जिनियरिङ अध्ययन तथा अनुसन्धान नगरी आफुखुरी डोजर चलाएर विद्यालय भवन नजिकैबाट सडक खनेपछि तीनवटा भवनहरुलाई कतिबेला बर्षाको भेलले भत्काउने हो त्यसबारे स्थानीयबासिको चिन्ता छ । इतिहास बोकेको बिद्यालयको जिर्ण अवस्था देखेर संस्थापक चिन्तित छन् । विद्यालयका संस्थापक मध्येका एक ७८ बर्षिय सिद्धलाल फुयाल भन्छन्, ‘यो स्कूल उबेला कम्ता दुःखले स्थापना गरिएको थिएन, अहिले यो सबैलाई धेर भएको छ, अव यही चाला हो भने भवन पनि धेरै दिन टिक्दैन ।’

विद्यालयका तत्कालिन व्यबस्थापन समिति अध्यक्ष शान्तिप्रसाद चौलागाईँका अनुसार यहाँको विद्यालय भवन मासेर कुनै अन्य काम गर्न भने लागिएको छैन । यसलाई पछि गाउँलेहरुले आवश्यकता महसुस गरे भने पुनः विद्यालयकै रुपमा पनि ब्यूँताउन सकिनेछ । उनले थपे, ‘सबैलाई आफ्ना छोराछोरी बोर्डिङमा पढाउनु पर्ने त्यही भएर सिन्धुली सदरमुकाम झारे, भोलि शिक्षामा गुणस्तर भई अंग्रेजी माध्यममा पढाई हुन थाल्यो भने यो स्कूल विद्यार्थीले भरिन पनि सक्छ ।’ उनका अनुसार विद्यालय भवन भने सामाजिक समूह, क्लव आदिले चाहेको खण्डमा प्रयोग गर्न सक्छन् ।

यो विद्यालयको स्थायी दरबन्दीमा रहेका तीन शिक्षक कुमारप्रसाद चौलागाईँ (प्रधानाध्यापक), सूर्य धिताल र निलप्रसाद अधिकारी थिए । एक जना बालकोटा शिक्षिका सविता चौलागाईँ थिईन्, जसको दुर्घटनाका कारण २०७२ सालमा निधन भयो भने तत्कालिन जलकन्या गाविसको अनुदान कोटामा प्रेमप्रसाद अधिकारी कार्यालय सहयोगीका रुपमा कार्यरत थिए । तत्कालिन विद्यालय ब्यबस्थापन समिति अध्यक्ष चौगालाईँका अनुसार तीनवटै स्थायी शिक्षकको अन्यत्र सरुवा भइसकेको छ । कार्यालय सहयोगी भने फुर्सदिला बनेका छन् ।

विद्यालयको भौतिक संरचना अझै पनि आफैंले रेखदेख गर्दै आएको बताउने अधिकारी आफुलाई तलव दिन कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री र सोही नगरपालिकाअन्तर्गत वडा नं तीनका अध्यक्ष खड्गप्रसाद चौलागाईँलाई निवेदन दिएको र उनीहरुबाट आफ्नो माग सम्बोधन हुनेमा आस्वस्त छन् ।

२०५९ सालदेखि निरन्तर १७ वर्ष अनुदान कोटामा रहेर विद्यालयको रेखदेख गरिरहेका प्रेमप्रसाद अधिकारी विद्यालय बन्द भएपछि गत २०७६ असार मसान्तदेखि आफूले तलव नपाएको गुनासो गर्छन् । विद्यालयको भौतिक संरचना अझै पनि आफैंले रेखदेख गर्दै आएको बताउने अधिकारी आफुलाई तलव दिन कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री र सोही नगरपालिकाअन्तर्गत वडा नं तीनका अध्यक्ष खड्गप्रसाद चौलागाईँलाई निवेदन दिएको र उनीहरुबाट आफ्नो माग सम्बोधन हुनेमा आस्वस्त छन् ।

जिल्ला शिक्षा कार्यालय समन्वय इकाई सिन्धुलीका प्रमुख तथा विद्यालय निरीक्षक नेत्रप्रसाद गजुरेल नयाँ संविधान र सोही ब्यवस्था अनुरुप संघीयता कायम भएपछि स्थानीय तहले आफ्नो क्षेत्रमा भएका समस्या आफ्नै अग्रसरतामा हल गर्दै गएको र शिक्षा क्षेत्रमा पनि सोहीअनुरुप काम भईरहेको बताउँछन् । उनले जिल्लामा रहेका दुईवटा नगरपालिका र अन्य गाउँपालिकाले आफ्नो अधिकार आफैँ प्रयोग गरिरहेको हुनाले संघीयता लागू भएपछि जिल्लामा हालसम्म कतिवटा विद्यालय समायोजन भए त्यसको तथ्यांक आफ्नो कार्यालयमा आइनपुगेको बताए । उनले भने, ‘हामीकहाँ समायोजन भएका विद्यालयको संख्या नै छैन, संघीयतामा स्थानीय तहलाई अधिकार दिएपछि जिल्ला शिक्षा कार्यालय फुर्सदिलो बनेको छ, कहिलेकाहिँ अनुगमन र जिल्लाका शैक्षिक क्षेत्रको नीति, नियम निर्माणमा सल्लाह सहयोग दिने काम बाहेक यहाँबाट अरु केही हुँदैन, दिनभरी फुर्सद छु ।’

सोही विषयमा कमलामाई नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिप्रसाद पोखरेलले नगरपालिका भित्र चालु आर्थिक वर्षमा ६ वटा विद्यालय समायोजन गरिएको बताए । उनले भने, ‘कमलामाई नगरपालिकामा १०३ वटा सरकारी विद्यालय छन्, यी मध्ये विद्यार्थी हुँदै नभएका र अत्यन्तै कम भएका १० वटा विद्यालय समायोजन गर्ने योजनामा छौँ, बाँकी चारवटा समायोज हुन बाँकी छन्, यही आर्थिक वर्ष भित्र गरिसक्छौँ ।’ उनले कही नीजि तथा आवासीय विद्यालयहरुसमेत समायोजनमा पर्ने बताए । तर त्यस्ता विद्यालयहरुको तथ्यांक भने आफुहरुले संकलन गरिरहेको उनको भनाई छ ।

नगरपलिकाका शिक्षा शाखा प्रमुख पोखरेलका अनुसार नगरपालिकाले शिक्षाको गुणस्तर विकास गर्दै जाने क्रममा अहिले समायोजन भएका विद्यालयहरु भोलि स्थानीय सरकार र स्थानीय जनताले ब्यूँताउन आवश्कता महसुश गरेको खण्डमा जुन प्रकृया अपनाएर बन्द तथा समायोजन गरिएको हो त्यस्तै प्रकृया पुरा गरेर पुनः स्थापना गर्न सकिने तर्क गरे ।

हाल समायोजमा परेर बन्द भएका विद्यालयहरुको भौतिक सम्पत्ति रेखदेख गर्ने काम पनि स्थानीय तहकै भएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीका इकाइ प्रमुख तथा विद्यालय निरीक्षक नेत्रप्रसाद गजुरेल र कमलामाई नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिप्रसाद पोखरेलको धारणा छ ।

लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका भौतिक संरचनाहरु प्रयोबिहीन हुँदा भोलिका दिनमा जनताको करबाट संकलित रकमले स्थानीय तहमा निर्माण गर्न लागिएका भौतिक संरचनाहरुको प्रयोग, टिकाउ, गुणस्तरीयता र लाभान्वित जनताबीच कस्तो प्रभाव र सम्बन्ध राख्ला त्यसको लागि आजैदेखि गम्भीर रुपमा बिस्तृत परियोजना रिपोर्ट तयार पार्नुपर्ने देखिन्छ ।

यी दुबै अधिकारीहरुले समायोजनमा परेर बन्द भएका विद्यालयहरुको भौतिक सम्पत्तिको रेखदेख र सुरक्षा गर्ने काम स्थानीय वडाको हो भनिरहँदा जलकन्या चपौली तारुफेदीको श्री प्राथमिक विद्यालयको भवन मासेर कसैले मन्दिर त कसैले धर्मशाला बनाउनु पर्ने तर्क अघि सारिरहेको केही स्थानीयबासिहरु बताउँछन् ।

यसरी लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका भौतिक संरचनाहरु प्रयोबिहीन हुँदा भोलिका दिनमा जनताको करबाट संकलित रकमले स्थानीय तहमा निर्माण गर्न लागिएका भौतिक संरचनाहरुको प्रयोग, टिकाउ, गुणस्तरीयता र लाभान्वित जनताबीच कस्तो प्रभाव र सम्बन्ध राख्ला त्यसको लागि आजैदेखि गम्भीर रुपमा बिस्तृत परियोजना रिपोर्ट तयार पार्नुपर्ने देखिन्छ ।

विकासका नाममा हुने आफुखुसी बजेट बिनियोजन, भौगोलिक, वातावरणीय र ईन्जिनियरिङ अध्ययन बिनाका संरचनाहरुको निर्माणले विकास रकम सदुपयोग भन्दा पनि दुरुपयोग भइरहेको त छैन ? यसतर्फ केन्द्र, प्रदेश र स्थानीय सरकारले गम्भीर भएर सोच्ने बेला आएको हो कि ?


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस