Techie IT
×
गृहपृष्ठप्रवासयुएईबाट ३५ सय नेपालीहरु नेपाल फर्किए

युएईबाट ३५ सय नेपालीहरु नेपाल फर्किए

रोजगारता भागेर समस्यामा परेका र टिकट लिनै नसक्ने अबस्थामा रहेकाहरु लाई नि:शुल्क उद्दार गर्न कार्ययोजना तयार गरिरहेको


युएई । युएईमा अलपत्र परेका ३५ सय २ जना नेपालीहरु स्वदेश फर्किएका छन् । नेपाली दुताबास अबुधावीका अनुसार गत १५ दिनको अवधिमा उनीहरुलाई उद्दार गरी नेपाल पठाईएको हो ।

कोरोना भाइरसको महामारीका कारण बिदेशमा अलपत्र परेका नागरिकहरुलाई चार्टर्ड उडान मार्फत स्वदेश फर्काउने सरकारको नीति अनुरुप दूतावासले प्राथमिकता क्रम अनुसार उद्दार कार्यलाई तिब्रता दिएको छ ।

गत जुन १९ तारीख बिहान ४ बजे नेपाल एअर्लाइन्सको पहिलो चार्टर्ड उडान मार्फत १ सय ४८ जना नेपाली युएईबाट स्वदेश फर्किए संगै जुलाई ५ तारीख आइतबार सम्म नेपाल एअरलाइन्स,हिमालयन एअरलाइन्स,फ्लाइ दुबई र एअरअरेबियाका २० वटा चार्टर्ड उडान मार्फत ३५ सय २ जना नेपाली युएईबाट नेपाल फर्किएको दूतावास स्रोतले जानकारी दिएको छ।

सरकारले निर्धारण गरेको प्राथमिकता क्रम अनुसार पहिलो चरणमा गर्भवती महिला, कोभिड बाहेका अन्य बिरामी, नेपालमा आफन्त गुमाएका, युएइमा लामो समय देखि रोजगारी गुमाएर खान बस्नै समस्या भएका नेपालीहरु नेपाल फर्किएका हुन ।

दूतावासले युएईबाट नेपाल फर्किन चाहने नेपाली संख्या १७ हजार ३ सय ७५ माथी रहेको भनी परराष्ट्र मन्त्रालयलाई सिफारिस गरेको भएपनी सो संख्या हालसम्म बढेर ३० हजार माथी पुगेको छ ।जसअनुसार पहिलो चरणमा परेकाहरुको नियमित उद्दार भैरहेको स्रोतले बताएको छ ।

नेपाल सरकारले लामो समय देखि रोजगारी गुमाएका,रोजगारता भागेर समस्यामा परेका र टिकट लिनै नसक्ने अबस्थामा रहेकाहरु लाई नि:शुल्क उद्दार गर्न कार्ययोजना तयार गरिरहेको हुँदा त्यस्ता पीडितहरुलाइ समेत पहिचान गरि स्वदेश फर्काइने दूतावास स्रोतको भनाइ छ।


क्याटेगोरी : प्रवास, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस