Techie IT
×
गृहपृष्ठसमाचारडाका मुद्दाका फरार अभियुक्त सत्ताइस वर्षपछि पक्राउ

डाका मुद्दाका फरार अभियुक्त सत्ताइस वर्षपछि पक्राउ


कञ्चनपुर, २८ चैत । कञ्चनपुर​मा डाका मुद्दाका फरार अभियुक्त सत्ताइस वर्षपछि पक्राउ परेका छन् ।

प्रहरीले साविकको परासन गाविस–७ का बलबहादुर सुनारलाई सत्ताइस वर्षपछि शुक्रवार पक्राउ गरेको हो। कञ्चनपुर जिल्ला अदालतको २०५० साल असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र ६२ हजार ४१५ रुपैयाँ जरिवाना भएर लगतमा बसेका सुनारलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका सुनारलाई अदालतमा पेस गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

नेपाल भारत सीमा क्षेत्रमा भारतीयको सहयोग लिएर २०३२ सालदेखि सुनारले विभिन्न डकैतीका घटनामा संलग्न रहँदै आएका थिए । प्रहरी नायब उपरीक्षक थापाका अनुसार सुनार २०४४, २०४८ र २०५० सालमा डकैतीकामा संलग्न रहेका थिए । सुनार डकैतीको कार्यमा संलग्न नाइकेका रुपमा रहेका थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)