Techie IT
×
गृहपृष्ठसमाचारओलीको विकल्प खोज्न तीन दलका तीन एजेन्डामा शुक्रबारदेखि छलफल

ओलीको विकल्प खोज्न तीन दलका तीन एजेन्डामा शुक्रबारदेखि छलफल


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार खोज्ने तीन दलका तीन एजेन्डालाई समाधान गर्नुपर्ने विद्यमान राजनीतिक विषयहरूको समाधान खोज्न बैठक बस्ने भएका छन्

बिहीबार प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरूले दिएको अभिव्यक्तिका आधारमा प्रधानमन्त्री ओली कमजोर हुँदै गएको देखिएको हो ।

प्रतिपक्षी दलका सांसदहरूको जवाफमा प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिएका सांसद महेश वस्नेतले सरकारको विकल्प विधि प्रक्रिया मिलाएर हटाए हामी प्रतिपक्षमा बस्न तयार भएको बताएका थिए ।

वस्नेतले दिएको अभिव्यक्तिको केही घन्टा पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् ।
कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठनको लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् ।

संसदमा नेकपा –माओवादी केन्द्रले संसद सचिवालयमा आफ्ना चार जना सांसदको पद खारेज गर्ने गरी दिएको कारबाही पत्र उपर सभामुखले कारबाही भएको जानकारी संसदलाई गराएका थिए ।

यसबाट प्रकारान्तरले माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता लिने ठोस निष्कर्षमा पुगेको जनाए पछि कांग्रेस सभापति देउवाले तीन दलको बैठक बोलाएका हुन् । कांग्रेस सभापतिलाई संसदमा गणपुरक संख्या पुग्ने , माओवादी केन्द्र र जसपाले बलियो साथ दिने नदिने आंशका सहितको एजेन्डा रहेको छ ।

अर्कोतर्फ जसपालाई सांसद रेशम चौधरी लगायतका पार्टीका कार्यकर्ताहरू विरूद्धका फौजदारी अभियोगका मुद्दा फिर्ता लिनेसहितको एजेन्डामा कांग्रेस र माओवादी केन्द्रको विश्वसनीय आधारको खोजी रहेको छ ।

माओवादी केन्द्रलाई संघीयता र गणतन्त्र विरोधी बाटोमा ओली नेतृत्वको सरकार गएकोले यसलाई हटाउनुपर्ने एजेन्डामा कांग्रेस र जसपाको बलियो गठबन्धन बनाउने विश्वासको आवश्यकता रहेको छ ।

यी तीनै दलका तीन एजेन्डाहरूको राजनीतिक समाधान खोज्ने विषयमा देउवाले शुक्रबारको बैठक बोलाएको देउवा निकटका एक नेताले जनाएका छन् ।

ती नेताका अनुसार देउवाले भोलि आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुबै दलको आधिकारिक धारणा माग्नेछन् ।

संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा रहेका छन् ।
कांग्रेस नेताहरूका अनुसार राजनीतिक विषयहरूलाई अल्पकालीन र दीर्घकालीन राजनीतिक आधार तय गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

शुक्रबारको बैठकबाट दुई मूल विषयमा नयाँ सरकार बनाउने वा चुनावमा जाने भन्नेमा छलफल हुनेछ ।

कांग्रेस र जसपाले जुनसुकै निर्णय गरे पनि यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब धेरै दिन नपर्खी छ्टिटै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए ।

कांग्रेस र जसपाले ओलीको विकल्पको खोजी र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई सुदृढ गर्ने विषयमा ठोस सहमति नदर्शाए माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ राजनीतिक बाटोमा आाफूलाई अगाडि बढाउने निर्णयमा देखिएको ती दलका नेताहरूको बुझाइ रहेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । यो अवधिमा यी तीन दलले विद्यमान गतिरोधको नयाँ निकास दिनेमा राजनीतिक पर्यवेक्षकहरू विश्वस्त देखिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)