Techie IT
×
गृहपृष्ठसमाचारयो वर्ष कक्षा ११ को परीक्षा नहुने

यो वर्ष कक्षा ११ को परीक्षा नहुने


काठमाडौं, २१ असार । यो वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ। कोरोनाभाइरस महामारीले स्थगित भएको परीक्षा आन्तरिक मूल्यांकनका आधारमा सम्बन्धित कलेजले नै पठाउनु पर्ने छ ।

शुक्रबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद बैठकले आन्तरिक मूल्यांकनबाटै कक्षा ११ को विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए । सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीलाई कसरी नम्बर दिने भन्ने कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको उनले बताए ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको परिषद बैठकले परीक्षा रद्द गर्दै आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना महामारीले स्थगित गरिएको थियो। तर चैत २५ गते बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको थियो।

निर्देशक भट्टराईका अनुसार कक्षा १२ को बोर्ड परीक्षा भने अनुकूल समयमा लिइन्छ। कोरोना महामारी कम भएपछि उक्त परीक्षा हुनेछ।


क्याटेगोरी : समाचार, साहित्य
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस