Techie IT
×
गृहपृष्ठसमाचारसंग्रौलाई ‘पहिचान सम्मान’बाट सम्मानित गरिने

संग्रौलाई ‘पहिचान सम्मान’बाट सम्मानित गरिने


काठमाडौ ।लेखक, अनुवादक खगेन्द्र संगौलालाई पहिचान पुरस्कार कोषले उनलाई ४ लाख २ हजार २ रुपैयाँसहित ताम्रपत्रले ’पहिचान सम्मान’ गर्ने भएको छ ।

२०७२सालमा सिक्किममा स्थापित यो कोषले आगामी ४ वैशाखमा आयोजना हुने विशेष कार्यक्रममा संग्रौलालाई सम्मान गर्ने भएको छ ।

लेखनका माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायकको पहिचान स्थापित गर्न योगदान पु¥याएकोले उनलाई सम्मान गर्न लागिएको कोषले जनाएको छ ।

स्थापित भएयता संस्थाले लेखन तथा साहित्यमार्फत पहिचानका क्षेत्रमा योगदान पु¥याउने लेखकलाई वर्सेनी पुरस्कृत गर्दै आएको छ ।

साहित्य र पहिचानको क्षेत्रमा क्रियाशीलहरूलाई प्रोत्साहन गर्न स्थापित यो संस्थाले ४ वर्ष पहिचान पुरस्कार र पाँँचौँ वर्ष सम्मान अर्पण गरिने जनाएको छ ।

यसअघि ४ वटा पुस्तकलाई कोषले पुरस्कार प्रदान गरिसकेको छ । लेखक संग्रौलाले पाउन लागेकोचाहीँ सम्मान हो ।


क्याटेगोरी : समाचार, साहित्य
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)