Techie IT
×
गृहपृष्ठसमाचारसर्वोच्चद्वारा बिस्कटे जात्रा नरोक्न आदेश

सर्वोच्चद्वारा बिस्कटे जात्रा नरोक्न आदेश


काठमाडौ । सर्वोच्च अदालतले भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढदै गएको उल्लेख गरी जात्रा, पर्व मनाउँदा महामारी फैलिन सक्ने विषयमा सरोकारवाला निकायले जनाएको थियो ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवम् पूजामा मात्रै सीमित गर्ने नर्णय गरेको थियो ।

केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गुठी संस्थान, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको बैठकले कोरोना भाइरस संक्रमण फैलिन सक्ने जोखिम बढेको भनी जात्रा पर्व मनाउन रोक लगाउने निर्णय गरेको थियो । सो निर्णय पछि जात्रा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले बुधवार सो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रामा रोक नलगाउन र सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको अदालतले जानकारी दिएको छ ।

भक्तपुर नगरपालिकाले भने स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नो टोलको जात्रा मनाउन आह्वान गरेको थियो । जात्रा सञ्चालनमा रथ नतान्ने निर्णय गरेपछि गुठी संस्थानले रथ निर्माणको बाँकी काम मंगलबारदेखि नै रोकेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)