Techie IT
×
गृहपृष्ठसमाचारनक्कली सवारी पास यात्रु ओसार्ने बस चालक पक्राउ

नक्कली सवारी पास यात्रु ओसार्ने बस चालक पक्राउ


काठमाडौं, २० असार । नक्कली सवारी पास लिई यात्रु ओसारपसार गरेको अभियोगमा ना.६ ख ८४४५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका–१२ बस्ने २८ वर्षीय आशिष थापालाई शुक्रबार दिउँसो पक्राउ परेका छन् ।

नागढुंगा चेकप्वाईन्टमा जाँच गर्ने क्रममा नेपालगंजबाट काठमाडौं आएको उक्त बसमा ३७ जना यात्रु संख्याको लागि जारी भएको पास भएपनि बसमा २४ जना यात्रुहरू मात्र भएपछि शंकास्पद देखिइ जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय गर्दा उक्त पास जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पासको किर्ते भएको पाइएपछि बसका चालक तत्कालै पक्राउ परे ।

बसमा सवार यात्रुहरूलाई कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी होल्डिङजोनमा पठाइएको र थापालाई मुलुकी अपराध संहिता, २०७४ को लिखत सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस