Techie IT
×
गृहपृष्ठपर्यटनएकैदिन २६ जनाले लिए सगरमाथा आरोहणको अनुमति

एकैदिन २६ जनाले लिए सगरमाथा आरोहणको अनुमति


काठमाण्डौ । यस बर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बिहीवार एकैदिन २६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि आज तीन वटा टोलीका २६ जनाले अनुमति लिएका हुन् । यसमध्ये १९ जना पुरुष र सात जना महिला रहेका छन् ।

अहिलेसम्म ७२ जनाले सगरमाथा आरोहणको अनुमति लिएका विभागकी प्रवक्ता मीरा आचार्यले जानकारी दिए । वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि २० टोलीका एक सय ५१ जनाले अनुमति लिएका छन् ।

अनुमति लिएकामध्ये एक सय चार जना पुरुष र ४७ जना महिला रहेका छन् र अनुमतिबापत विभागले अहिलेसम्म १० करोड ५३ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)